पर्साका दुई गैंडा एक वर्षदेखि बेपत्ता



पर्सा राष्ट्रिय निकुञ्जमा भएका दुईवटा भाले गैंडाको एकवर्ष देखी अत्तोपत्तो छैन ।
निकुञ्जका दुईवटा भाले गैंडा गत वर्ष रौतहटतिर गएर नफर्किएपछि निकुञ्ज प्रशासन चिन्तित भएको छ । निकुञ्जका अनुसार, ४ वटा भाले गैंडा रौतहट तिर जान्थे । अरु दुई फर्किए तर यी भाले गैंडा अहिलेसम्म फर्किएनन् ।

वितेको वर्ष पर्सामा एउटा गैंडा ओहोरदोहोर गर्न क्रममा गोली हानेर तस्करले मार्ने प्रयास गरे तर सफल भएनन् । घाइते गैंडालाई चितवन राष्टिय निकुञ्जमा ल्याइयो तर १५ दिनमा मर्यो । अर्को एउटा गैंडा भने चितवन राष्ट्रिय निकुञ्ज पठाइएको छ । रौतहटतर्फ गएका गैंडा भने चोरी शिकारीको निसानामा पर्ने चिन्ताले संरक्षणकर्मीहरुलाई सताएको छ ।

पर्सा राष्ट्रिय निकुञ्जको सहायक संरक्षण अधिकृत अशोक रामले वासस्थान राम्रो भएको ठाँउमा गएर बस्दा मानव र वन्यजन्तु विचको झडपको खतरा बढ्ने बताए । उनले भने ,“निकुञ्ज भन्दा बाहिर भएपछि वन्यजन्तु धेरै जोखिमा रहन्छन् हामी फर्काउने कोशिसमा छौं ।”

पर्सा राष्ट्रिय निकुञ्जमा अहिले २ वटा मात्र भाले गैंडा रहेका छन् ।

निकुञ्जबाट ६० किलोमिटर जति टाढा रहेको रौतहट वस्तीमा गैंडालाई आहारको पनि कमी हुने गरेको छ । तर त्यो वस्तीमा एक वर्ष देखी गैंडा किन फर्कन सकेको छैन यसको जवाफ भने कसैसँग पनि छैन ।

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics