दिगो सवारी यातायात प्रालिले अाधुनिक बस चलाउँदै

६ महिना अघि सामाखुसि यातायात व्यवसायी सङ्घले सञ्चालनमा ल्याएकाे बस


 

सामाखुसि यातायात व्यवसायी संघले साना माइक्रोबस र टेम्पो हटाएर ठूला बस सञ्चालनमा ल्याउने तयारी गरेको छ । साना माइक्रोबसले यात्रुहरुलाई आवत जावतमा समस्या भएको भन्दै ठुला बस सञ्चालनमा ल्याउन लागिएको संघले जनाएको छ ।

पुराना माइक्रोबसको ठाउँमा नयाँ ठूलो बस सञ्चालन गर्दा प्रदुषण कम हुने र ट्राफिक जामसमेत कम हुने संघले जनाएको छ । संघका अध्यक्ष सानुकाजी प्रजापतिले भने, 'संघले १७ ओटा ठुलो बस सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ ।' यी बस दिगो सवारी यातायात प्रा लि ले सञ्चालनमा ल्याउन लागेको हो । यी बस नयाँ बसपार्क, सामाखुसी, जमल, ज्ञानेश्वर, मैतीदेवी, पुरानोबानेश्वर, एयरपोर्ट हुँदै सिनामंगलसम्म गुड्नेछन् ।

साना सवारीसाधनलाई धेरै यात्रु चढ्ने ठूला बसले विस्थापन गर्ने भएकाले यो रुटमा चल्ने साना माइक्रो र टेम्पो हटाई ठूला बस सञ्चालनमा ल्याउन लागिएको अध्यक्ष प्रजापतिले जानकारी दिए । उनका अनुसार यी बसहरु नयाँ प्रविधीकाे र अपाङ्गमैत्री हुनेछ । यी बसहरुमा फाेहाेर व्यवस्थापनका लागि फाेहाेर राख्ने भाँडाे (डस्टविन) राखिएकाे हुन्छ ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics