स्वाइन फ्लुको संक्रमण बढ्यो



उपत्यका सहित देशका विभिन्न भागमा स्वाइन फ्लुको संक्रमण बढेपछि सरकारले सतर्कता अपनाउन आग्रह गरेको छ । स्वाइन फ्लुको संक्रमण बढ्न थालेपछि सतर्कता अपनाउन आग्रह गरिएको हो ।

जुन महिनाको अन्तिमदेखि देखिन थालेको यो रोगको संक्रमण बढ्न थालेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक शेर बहादुर पुनले जानकारी दिए । पछिल्लो समय अस्पतालमा उपचार गराउन आउने मध्ये ३ जना विरामीमा स्वाइन फ्लुको संक्रमण भेटिएको छ । इन्फलुएन्जा ए अर्थात एच वान् एन वान् भाइरसवाट यो संक्रमण हुुन्छ । सामान्यत यो रोग लागेपछि ज्वरो आउने, खोकी लाग्ने, घाँटी दुख्ने, श्वासप्रश्वासमा अफ्ठेरो हुने, वान्ता हुने लक्षण देखिने गरेका छन् ।

स्वाइन फ्लु सरुवा रोग भएकाले कुनै पनि व्यक्ति सार्वजनिक ठाँउमा जाँदा मास्क लगाउने, खोक्दा वा हाछिउँ गर्दा रुमालको प्रयोग गर्ने, साबुन पानीले राम्ररी हातमुख धुने, झोलिलो खानेकुराको सेवन बढी मात्रामा गर्ने लगायतका सचेतता अपनाउन आग्रह गरिएको छ । स्वाइन फ्लुबाट हालसम्म २ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

समयमै उपचार हुन सके स्वाइन फ्लु निको हुन्छ। लापरबाही गरे, ढिलो उपचार सुरु गरे यो रोगाट मृत्यु हुने सम्भावना बढी देखिएको छ। सामान्य रुघाखोकीबाट सुरु हुने स्वाइन फ्लुका बिरामीलाई निमोनियासम्म हुन सक्ने पुन बताउँछन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics