झारा टार्ने शैलीमा खाल्डा पुर्ने काम



प्रधानमन्त्री शेरबहादुर देउवाले राजधानीका सडकका खाल्डा पुर्न दिएको दिर्नेशनको समयसीमा आइतबार सकिदै छ । ढलले बगाएर स्कुले बालिकाको ज्यान गएपछि साउन १ गते प्रधानमन्त्री शेरबहादुर देउवाले सडक, खानेपानी, विद्युत, सडक विस्तार आयोजनालगायत सरोकारवाला निकायका सम्बन्धित मन्त्री, मुख्यसचिव, सचिव र विभागीय प्रमुखलाई बोलाएर सडकका खाल्डा १५ दिनभित्र पुर्न र ढल फुट्ने समस्या समाधान गर्न निर्देशन दिएका थिए । वितेको १५ दिनमा उपत्यकाको सडकका खाल्डा पुरिए पनि समस्या जस्ताको तस्तै छ।

निर्देशन अनुसार काम भए नभएको सरकारी टोलीले अनुगमन गरिरहेको छ । अनुगमन टोलीले काम भैरहेको जनाएको छ । तर खाल्डा पुर्ने काम झारा टार्ने हिसाबले भैरहेको देखिन्छ ।

चाबहिल–चुच्चेपाटी सडकखण्डका केही ठाउँमा मात्र ग्राभेल ओछ्याइएको छ। एक–दुई ठाउँमा खाल्डा पुर्ने काम सुरु भए पनि त्यो झारा टार्ने शैलीको छ। कतैकतै खाल्डा पुर्न माटो मात्रै राखिएको छ, जसले सडक झन् हिलाम्य बनाउने र सवारी फस्ने समस्या थपिएको छ ।



खाल्डा पुर्ने जिम्मा खानेपानी तथा सरसफाइ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले पाएका थिए। यी निकायलाई १५ दिन अगाडी खाल्डा पुर्ने काम थाल्न प्रधानमन्त्री देउवाले निर्देशन दिएका थिए।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता विष्णु प्रसाद शर्माले भने, 'अहिले सडकका खाल्डा पुर्नेकाम धमाधम भइरहेको छ ।' करिब करिब खाल्डा पुर्नेकाम अन्तिम चरणमा पुगेको उनले बताए । 'तत्काल सबैतिर बाटो पिच गर्ने अवस्था छैन ।' उनले भने, 'तत्कालका लागी खाल्डा पुर्ने काम भइरहेको छ ।'

खाल्डो पुर्न माटो हाल्दा झन् समस्या


तत्कालका लागी अहिले सडकमा खाल्डा पुर्न माटोको प्रयोग भइरहेको छ । माटोको प्रयोग गरी खाल्डा पुर्दा पानी परेको बेलामा हिलो भएर झन हैरानी व्यहोर्नु परेको छ । ठुला ठुला खाल्डोमा माटो हाल्दा गाडी फस्ने र जाम बढ्ने समस्या झन बढ्दै गएको ट्राफिक प्रहरी बताउँछन् ।

चावहिल जाेरपाटी सडक निर्माण गरिरहेकाे युनाइटेड विल्डर्स निर्माण कम्पनीका अनुसार सडकमा माटाे मिसिएकाे ग्राभेल हाल्दा झन समस्या बढेकाे छ । पानी परेकाे बेलामा सवारी साधन चल्न सक्दैनन् । याे सडक कहिले निर्माण सम्पन्न हुन्छ भन्नेमा निर्माण कम्पनि नै अनविज्ञ छ । निर्माण आयोजनाका सूचना अधिकारी विश्वविजयलाल श्रेष्ठ भन्छन् 'माटाे मिसिएकाे ग्राभेल हालेर खाल्डा पुर्नुकाे कुनै अर्थ छैन ।'

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics