मुगई खोलामा बाढी, टुट्यो भरतपुरसँग सम्पर्क
- नेचर खबर
गएराति देखि परेको अविरल वर्षाले चितवनको माडीस्थित मुगई खोलामा पानिको सतह बढेको छ । उक्त खोलामा आएको बाढीले जिल्ला सदरमुकाम भरतपुरसँगको यातायात सम्पर्कसमेत टुटेको छ ।
माडी नगरपालिकाको अध्योध्यापुरी र कल्याणपुर पूर्ण रुपमा तथा बघौडाको आधा भागको जिल्ला सदरमुकाम भरतपुरसँग यातायात सम्पर्क टुटेको हो ।
खोलामा बाढी आएपछि माडी क्षेत्रमा आउने जाने सवारी साधान र पर्साको ठोरीबाट आउने जाने सयौं सवारी साधान र यात्रुहरु अलपत्र परेका छन् ।
जल तथा मौसम विज्ञान विभाग बाढी महाशाखाले यो क्षेत्रमा बाढी आउने पुर्व सुचना यसअघि नै दिइसकेको थियो । साथै तटीय क्षेत्रका स्थानीय वासिन्दालाई सर्तक रहन आग्रह गरेको थियो ।
प्रतिक्रिया दिनुहोस