प्रकोप न्यूनिकरणका लागि सिमसार



प्रकोप न्यूनिकरणका लागि सिमसार भन्ने नाराका साथ देशभर सिमसार दिवस मनाइएको छ । नेपालमा पनि विश्व सिमसार दिवस विभिन्न कार्यक्रम गरेर मनाइयो ।

विश्व सिमसार दिवस २०७३ को अवसर पारेर राष्ट्रिय प्रकृति संरक्षण कोषले अन्य संस्थाहरुको सहकार्यमा विपत् प्रकोप न्युनिकरणका लागि विद्यालय स्तरीय निबन्ध प्रतियोगिता आयोजना गरिएको थियो । निबन्ध लेखनमा काठमाडौं उपत्यकाका १४ वटा विद्यालयका २९ जना विद्यार्थीहरुले भाग लिएका थिए ।

कार्यक्रमको अवसरमा वन तथा भू–संरक्षण मन्त्री शकर भण्डारीले सिमसारको संरक्षण र व्यवस्थापन गरी विपत्जन्य जोखिमहरुलाई न्यूनिकरण गर्दै सिमसारजन्य स्रोतको दिगो उपयोगगरी आमजनताको जीवीकापार्जनमा टेवा पु¥याउनउन कायक्रम ल्याउने पर्ने बताए । उनले विपतजन्य न्युनिकरण गर्न सम्पूर्ण सरकारी निकाय, गैरसरकारी संघसंस्था, निजीक्षेत्रलाई अनुरोध गरेका छन् ।

विश्वव्यापी रुपमा सिमसार क्षेत्रको संरक्षण, संवद्र्धन र विकासका साथै त्यस्ता क्षेत्रको बुद्धिमतापूर्ण उपयोग गरी अर्थिक, सामाजिक एवं सांस्कृतिक विकासमा टेवा पु¥याउन इरानको रामसार शहरमा फेब्रुअरी २, १९७१मा सिमसार सम्बन्धी “रामसार महासन्धि” भए पश्चात् सन १९९७ देखी यस महासन्धिमा हस्ताक्षर भएको दिन २ फेब्रुअरीलाई सिमसारको महत्व र मुल्यबारे जनचेतना अभिबृद्धि गर्ने उदेश्य सहित विश्व सिमसार दिवस मनाउन सुरु गरिएको हो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics