पूर्व तथा मध्य तराईका नदीमा बाढीको खतरा

बुधवारदेखि नै परेको पानीले पूर्वको झापाबाट मध्य तराईको बारासम्मका नदीमा बाढी आउने सम्भावना रहेकाले नदी किनार आसपासका बासिन्दालाई सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

बिहीबार पूर्व र मध्य क्षेत्रका केही ठाउँमा ठुलो पानी पर्ने भएकाले तराईमा डुबान तथा पहाडमा पहिरोको जोखिम बढेको भन्दै सावधानी अपनाउन शाखाले आग्रह गरेको हो । कन्काई, कमला, बाग्मती, खाडो, रातु लगायत चुरेबाट बहने साना नदीमा बाढी आउने सङ्केत महाशाखाले गरेको छ ।



मध्य वर्षामा समेत निष्क्रिय भएको मनसुन साउनको अन्तिम सातामा सक्रिय भएको छ । मनसुन सक्रिय भएसँगै बुधवार मध्यान्हदेखि देशैभर बदली भइरहेको छ ।

जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार अहिले देशैभर बदलीको अवस्था रहेको छ । यद्यपि ठुलो पानी भने पर्न सकेको छैन । महाशाखाका मौसमविद् समीर श्रेष्ठले भने, ‘यो क्रम शनिवारसम्म रहने देखिन्छ ।’ उनका अनुसार बिहीबार बेलुका सुदुर पश्चिमका तराई क्षेत्रमा र पूर्वी क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेको छ ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics