बाढीले खाँडो नदीको बाँध भत्कियो, नियन्त्रणमा खटिएका एक स्थानीय वेपत्ता



सप्तरीमा खाँडो नदीको बाँध भत्किएको छ । नदीमा आएको बाढीले बाँध भत्किएपछि बस्तीमा पानी पस्ने जोखिम बढेको छ ।

खोलाले बालुवा र माटोले बनाइएको बाँधलाई कटान गरेर वस्तीमा छिरेपछि स्थानीयहरु त्रसित भएका छन् । स्थानीय बासिन्दा अहिले सुरक्षित स्थानको खोजीमा लागेका छन् । बाँध भत्काएसँगै राजविराजको विरौल, डुम्रीलगायत ९ स्थान डुबान पर्ने खतरा छ ।

बाढी नियन्त्रणमा खटिएका एक स्थानीय बेपत्ता भएका छन् । देउरीभरुवामा बाँध कटान गर्न थालेपछि नियन्त्रणको प्रयासमा नेपाली सेनासँगै लागेका स्थानीय ६० वर्षीय डोमी यादव ढिस्कोमा पुरिएका हुन् ।

उनी खोलामा वेपत्ता रहेकोले सेना र स्थानीयले खोजी जारी राखेका छन् ।

 

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics