बाढीले बगाएको गैंडा मृत भेटियो

तस्वीर : नागिरक


नवलपरासिमा बाढीले बगाएको गैंडा मृत अवस्थामा भेटिएको छ । नारायणीमा बग्दै आएको एक गैंडा ठेकर नं १३ मा मृत अवस्थामा फेला परेको हो।

गैडासंगै बग्दै आएका हरिण पनि मृत अवस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । गैडासंगै ६ हरिण मृत अवस्थामा फेला परेका छन्।

भेटिएका वन्यजन्तुलाई जिल्ला वन कार्यालयको जिम्मा लगाइएको छ । नारायणी नदीमा पानीको बहाव बढ्दै गएपछि गैंडा, मृग, हरिण, जरायो, बंदेल, स्याल जस्ता वन्यजन्तु फेला पर्न थालेका छन् ।

ती सबै जनावर वर्षाको भेलकाकारण राष्ट्रिय निकुन्जबाट पानीले बगाएर नारायणी नदीमा परेका हुन् । बाढीले कति वन्यजन्तु वगायो भन्ने तथ्यांक छैन ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics