बाढी पहिरोमा मृत्यु हुनेको संख्या १ सय १५ पुग्यो



देशका विभिन्न ठाउँमा आएको बाढी पहिरोमा परी ज्यान गुमाउनेको संख्या १ सय १५ पुगेको छ । गृह मन्त्रालयले दिएको जानकारी अनुसार देशभरबाट अहिलेसम्म बाढी पहिरोमा १ सय १५ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ३८ जना बेपत्ता भएका छन् ।

बेपत्ताको खोजी कार्य भइरहेको छ । बाढी पहिरो पीडितको राहत तथा उद्दारमा सुरक्षाकर्मीसहित झण्डै २७ हजार जनशक्ति खटिएका छन् ।

यसैगरी बाढी पहिरोबाट २ हजार ८ सय ४७ घर पूर्ण रुपमा क्षति भएको छ भने ३ हजार ७ सय २७ अन्य पूर्वाधार संरचनामा क्षति भएको छ ।

बाढी तथा डुवान प्रभावित तराई मधेसका जिल्लामा त्रिपाल, कम्वल, म्याट्रेसका साथै चिउरा, बिस्कुट, चाउचाउ, भुजा, पानीका साथै जीवनजल, सिटामोल लगायतका राहतका सामग्रीहरु वितरण भइरहेका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics