बाढीले ७ हजार घर भत्किए



अघिल्लो साता भारी वर्षाका कारण आएको बाढी पहिरोमा ७ हजार भन्दा बढी घर भत्किएका छन् । गृह मन्त्रालयले दिएको जानकारी अनुसार बाढी पहिरोबाट १८ हजार ३ सय २० परिवार विस्थापित भएका छन् । विस्थापित भएका परिवार तत्कालका लागी अन्त सारिएको छ ।

गृह मन्त्रालयका अनुसार अहिले सम्मको तथ्यांक हेर्ने हो भने बाढी पहिरोको कारण एक सय २३ जनाले ज्यान गुमाएका छन् भने ३९ जना घाइते र ३५ जना बेपत्ता छन् । मन्त्रालयका अनुसार बाढीबाट ७ हजार भन्दा बढी घर भत्केका छन् । देशभरका ३५ जिल्ला बाढी, पहिरो र वर्षाबाट प्रभावित भएका छन् ।

बाढी पहिरोबाट प्रभावित एक लाख भन्दा बढी मानिसलाई उद्धार गरिएको छ । मौसममा सुधार आएपछि बाढी पीडितको उद्धार गर्न सजिलो भएको छ । कतिपय बाढी प्रभावित क्षेत्रका यातायात अवरोध हुँदा राहत लैजान समस्या रहेको छ ।

नेपाल रेड क्रस सोसाइटीको अनुसार बाढी पहिरोबाट ७५,००० परिवारलाई बाढीले असर पुर्याएको छ ।

 

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics