मन्त्रीका ४ सहयोगीको तलव-भत्ता पनि एनटीएनसीबाटै !

राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) को कोर फण्डबाट नर्व सयर गरेका वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीको मन्त्रालय स्थित सचिवालयका चार सहयोगीको तलव भत्ता र अन्य सेवा सुविधासमेत एनटीएनसीले नै उपलब्ध गराउदै आएको खुलेको छ ।

मन्त्रीकी कान्छी श्रीमती र छोरालाईसमेत गाडी र असिमित इन्धन सुविधा उपलब्ध गराएको कोषले सहयोगीका लागि तलव, भत्तासहित अतिरिक्त सेवा सुविधा उपलब्ध गराउदै आएको तथ्य फेला परेको छ । विभिन्न दातृ निकाय तथा सहयोगीहरु बाट आफै फण्ड खोजेर सस्था सञ्चालन गर्न पर्ने कोषले मन्त्रीलाई मात्रै होइन मन्त्रीका सहयोगी, परिवार तथा अन्य 'नातागोता' का लागि समेत गैरकानुनी रुपमा आकर्षक सेवा सुविधा उपलब्ध गराइरहेको छ ।

मन्त्रीको सहयोगीका रुपमा काम गरिरहेका भीम विष्ट, सञ्चार सहयोगी राजबहादुर शाही र चालक तथा सहयोगी उत्तम मैनाली र रत्न लामाले पनि एनटीएनसीबाटै सेवा सुविधा लिइरहेका छन् । यी सबै सहयोगीको को तलव भत्ता र सेवा सुविधा कोषले व्यहोरेको छ । कोष अध्यक्ष रहेका मन्त्री शाही र सदस्य सचिव डा. नरेश सुवेदीले मिलेमतोमा कोषको बोर्डलाईसमेत थाहा नदिई यस्तो गैरकानुनी काम गरेको कोष स्रोतको दावी छ । स्रोत भन्छ,' हो चार जनाका लागि हामीले नै तलव भत्ता र सेवा सुविधा उपलब्ध गराइरहेको हो । कोषको दुरुपयोग नगरौं भनेर यसको बारेमा हाम्रोमा पनि लामो छलफल चलेको हो ।'

दुई चालकहरु भने लामो समयदेखि कोषमा काम गरिरहेका कर्मचारी हुन् । स्रोत भन्छ, 'कोषको ड्युटी छोडेर मन्त्री र परिवारको अघि पछि लाग्ने आदेशले उनीहरु पटक्कै खुसी छैनन्, । तर ड्युटी हो । जहाँ खटाएपछि गर्नै पर्छ भनेर चित्त बुझाएका छन् ।'

उनले मन्त्रीका मन्त्री अध्यक्ष रहेका कारण सो सुविधा उपलब्ध गराएको दावी गरेपनि कोषको नियम, विनियम र अन्य कुनै पनि विधिले यस्तो सुविधाको कल्पना गरेको छैन ।
स्रोतका अनुसार, मन्त्रीलाई यो सबै गैरकानुनी विधी र उल्टो बाटो सिकाउने पनि कोषकै अधिकारीहरु हुन् । मन्त्रीलाई यो सजिलो बाटो हो, यसरी गर्न सकिन्छ भन्दै कन्फिडेन्समा लिएर खुसी बनाउने सुत्र प्रयोग गरेका हुन् ।

ती सहयोगीलाई दिने तलव भत्ता र सेवा सुविधाका लागि कोषमा छुट्टै बजेट नभएका कारण कोषको कोर फण्ड तथा विभिन्न परियोजनाको रकमबाट मिलाएर दिने गरिएको छ ।
यसअघि मन्त्रीको श्रीमती र सहयोगसहितको नर्वे भ्रमणको लागि पनि खर्च यसै गरी जुटाइएको थियो । एनटीएनसीका एकजना अधिकृत तथा प्रतिनिधी मात्रै गए हुने सामान्य छलफल कार्यक्रममा मन्त्री शाही, उनकी श्रीमती बसना शाही, नीजि सचिव भीम विष्टलाई लिएर कोषका सदस्य सचिव डा. नरेश सुवेदी नर्वे सयरमा निस्किएका थिए ।

यो समाचार पढ्नुहोस् - एनटीएनसीको कोर फन्डबाट वन मन्त्री दम्पती नर्वे सयरमा

राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी)को कोर फन्डबाट वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी, उनकी कान्छी श्रीमती र निजी सचिवले नर्वे सयर गरेका छन् । आफ्नो भ्रमणमा एनटीएनसीको फन्डबाट श्रीमती र निजी सचिवलाई समेत लगेका हुन ।एनटीएनसीबाट एक जना अधिकृत तथा प्रतिनिधि मात्रै गए हुने सामान्य छलफल कार्यक्रममा मन्त्री शाही ठकुरी, उनकी श्रीमती बसना शाही, निजी सचिव भीम विष्टलाई लिएर कोषका सदस्य सचिव डा. नरेश सुवेदी नर्वे सयरमा निस्किएका हुन् । उनीहरूसँगै कोषका अधिकृत डा. मधु क्षेत्रीसमेत थिए । यो टोली अघिल्लो शुक्रवार गएर गत बिहीबार एक साता भ्रमण गरेर फर्किएको हो ।


यो समाचार पढ्नुहोस् - वन मन्त्रीकी श्रीमती र छोरालाई एनटीएनसीका गाडी !
मन्त्रीका छोरा राजेन्द्र शाहीले बी एबी २९२१ नम्बरको रेनल्ट डष्टर गाडी चढिरहेका छन् भने श्रीमती बसना शाहीले बी एबी २३०६ नम्बरको इको स्पोर्ट गाडी प्रयोग गरिरहेकी छन् । यी दुबै गाडी कोषका हुन् । उनका लागि दुई चालकको व्यवस्था पनि एनटीएनसीले गरिदिएको छ । चालक उत्तम मैनाली र रत्न लामाले एनटीएनसीबाटै सेवा सुविधा लिएर मन्त्रीकी श्रीमतीको सेवा गरिरहेका छन् । दुवै चालक २४ सै घण्टा तैनाथी अवस्थामा रहन्छन् । स्रोत भन्छ, 'जतिबेला जहाँ पर्छ त्यहीँ जान भन्ने आदेश चालकलाई दिइएको छ ।' छोरा राजेन्द्रले भने आफै सो गाडी चलाउने गरेका छन् ।


यो समाचार पढ्नुहोस् - राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी)का अध्यक्ष रहेका वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीकी श्रीमतीका लागि उपलब्ध गराइएको गाडी फिर्ता गरिएको छ । समाचार प्रकाशित भएपछि श्रीमती शाहीले प्रयोग गरिरहेको बी एबी २३०६ नम्बरको इको स्पोर्ट गाडी बिहीबार फिर्ता भएको थियो ।मन्त्रीका छोरा राजेन्द्र शाहीले चलाएको बा ए एबी २९२१ नम्बरको रेनल्ट डष्टर गाडी पनि दुई दिन अघि फिर्ता गरी कोष परिषदमा राखिएको छ ।
मन्त्रीकी श्रीमतीले पनि फिर्ता गरिन् गाडी

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics