चितुवाको आक्रमणमा एक महिला घाइते
- नेचर खबर
 
                                                        
बैतडीको तल्लोसोराडमा चितुवाले विहिवार एक महिलामाथि आक्रमण गरि घाइते बनाएको छ।
मेलौली नगरपालिका वडा नं ९ असुरमा बिहान ९ बजेतिर घर नजिकैको मकैबारीमा घाँस काटिरहेका बेला ४० बर्षीया कुन्दादेवी भट्टलाई चितुवाले आक्रमण गरेको हो। चितुवाले भट्टको नाक र बायाँ हातमा चिथोरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
घाइते भट्टको केशरपुर प्राथमिक स्वास्थ्यकेन्द्र मेलौलीमा उपचारमा रहेको छ। चितुवाले फेरी आक्रमण गर्न थालेपछि स्थानीयबासिन्दा त्रसित बनेका छन्। २०७३ भदौमा चितुवाले आक्रमण गरेर दुई बालिकाको ज्यान लिएको थियो।
गएको ६ बर्ष यता तल्लोसोराडमा चितुवाको आक्रमणबाट २३ जनाको ज्यान गइसकेको छ। नरभक्षी चितुवा मार्नका लागि दुईपटक प्रहरी परिचालन गरेको भएपनि मार्न भने सकिएको छैन्।
 

                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                    
प्रतिक्रिया दिनुहोस