पुर्वका साना नदीमा बाढीको जोखिम

 

आज (आइतबार) देशको पुर्वी तथा मध्य भुभागका केही भुभागमा बाढीको जोखिम रहेको जत तथा मौसम विज्ञान विभाग बाढी पुर्वानुमान शाखाले जनाएको छ । पुर्वी तथा मध्य भुभागमा वर्षा भइरहेको र यो क्रम निरन्तर भइरहनसक्ने हुनाले बाढीको जोखिम बढेको हो । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार आइतबार बेलुका सम्मै निरन्तर पानी पर्ने सम्भावना देखिएको छ ।

बाढी पुर्वानुमान शाखाले पुर्वको झापा, मोरङ, सुनसरी, सप्तरी लगायतका तराईका जिल्लाहरुमा चुरे तथा महाधारत क्षेत्रबाट प्रवाह हुने मेची, कनकाई, विरिङ, सुनसरी लगायतका नदीहरुमा पानीको वहावले खतराको तह पार गर्ने हुँदा आसपासका मानिसहरुलाई सतर्क हुन आग्रह गरेको छ ।

यस्तै शाखाले पहाडी भुभागमा पहिरो जानसक्ने हुँदा पहिरोग्रस्त क्षेत्रमा आवत जावत नगर्न समेत आग्रह गरेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics