वर्षाले पृथ्वी राजमार्ग अवरुद्ध



शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण पृथ्वी राजमार्गको मुग्लिन–काठमाडौं सडकखण्ड र नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ । यी सडकखण्डमा ठाउँ ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरकिा अनुसार पृथ्वी राजमार्गको फिस्लिङ र घोप्टे भिरमा पहिरो खसेको छ। ती ठाउँमा राति १२ः३० बजे पहिरो खसेको हो। पहिरो पन्छाउनका लागि गजुरीबाट एक्साभेटर आएर बाटो पन्छाउने काम सुरु गरिएको छ । मुग्लिनबाट फिस्लिङ १२ कि मी पश्चिमतर्फ पर्छ भने घोप्टेभिर करिब दुई कि मी टाढा पर्छ।

यस्तै नारायणगढ–मुग्लिन सडकखण्डको काली खोला, मुग्लिन आसपासलगायतका क्षेत्रमा पहिरो खसेर सडक अवरुद्ध बनेको छ। पानी परिरहेकाले पूरै सडक छिचोल्न नसक्दा के कति ठाउँमा पहिरो खसेको छ जानकारी हुन सकेको छैन ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics