थपियो चार ठाउँमा ईन्टरपोलको ‘माइन्ड डिभाइस’
- नेचर खबर

नेपालको थप चार ठाउँमा ईन्टरपोलले माईन्ड डिभाईस (मोबाईल ईन्टरपोल नेटवर्क डाटाबेस) राख्ने भएको छ । अवैध तथा फर्जी ट्राभल डकुमेन्टस् प्रयोग गरी आवतजावत र हुनसक्ने संभावित आतंककारी तथा आपराधिक गतिविधि रोक्ने उदेश्यले ईन्टरपोलले माईन्ड डिभाईस राख्न लागेको हो ।
वीरगन्जको रक्सौल, रुपन्देहीको भैरहवा ,रसुवागढी र पोखरास्थित अध्यागमन कार्यालयमा डिभाईस राख्न प्रक्रिया सुरु भइसकेको छ ।
हाल प्रहरी प्रधान ब्युरो र त्रिभवन अन्तर्राष्ट्रिय विमानस्थल गरी तीन ठाउँमा डाटाबेसको पहुँच छ । नेपालमा डाटाबेसको सुरुआत सन् २०१४ मा भएको थियो । यस अवधिमा डेढसय विदेशीको डाटाबेसका माध्ययमबाट ट्राभल डकुमेन्ट अवैध भएको ३०देखिएको छ ।
प्रतिक्रिया दिनुहोस