फेसबुकमार्फत २१ लाख रुपैयाँ ठगी गर्ने व्यक्ति पक्राउ



फेसबुकमार्फत बिवाह गरी नातेदारहरुलाई ठग्ने व्यक्ति पक्राउ परेका छन् ।

३३ वर्षीय तुलबहादुर तामाङ सिन्धुपाल्चोकको माङखा–७ स्थायी घर भइ भक्तपुरको च्याम्हासिंह बस्दै आएका छन् ।

उनले संखुवासभाको माकल गाउँपालिका–५ की एक युवतीलाई फेसबुकबाट साथी बनाए विवाह गरेका थिए ।

आफन्तलाई यूएस आर्मीमा जागिर लगाइदिन्छु भन्दै २१ लाख रुपैयाँ ठगी गरेका थिए ।

आइएमईमार्फत रकम पाएपछि उनी श्रीमति र आफन्तबाट सम्पर्क्बिहीन भएका थिए ।

उनीमाथि मुलुकी ऐनको ठगी महल बमोजिम अनुसन्धान भइरहेको महानगरीय अपराध महाशाखा, टेकुले जनाएको छ ।


नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics