हात्ती महोत्सव सुरु



सौराहाको वाघमारा चौरामा आज देखि हात्ती महोत्सव सुरु भएको छ ।

‘समाज ,संरक्षण र समृद्धि ’ भन्ने नाराका साथ हुने १४ औँ संस्करणको मूल उदेश्य सौराहामा पर्यटकलाई आकृषित र वृद्धि गर्ने रहेको छ । चितवनको पर्यटकीय नगरी सौराहाको पर्यटन प्रर्वद्धन गर्ने उद्धेश्यले आयोजना गर्न लागिएको महोत्सवको मुख्य प्रर्बधक नेपाल पर्यटन बोर्ड रहेको छ भने संरक्षण रत्ननगर नगरपालिका छ ।

महोत्सवमा संरक्षणको क्षेत्रमा उत्कृष्ट योगदान र्पुयाउने व्यक्तिहरूलाई पुरस्कृत र सम्मान समेत गरिने क्षेत्रीय होटेल संघ सौराहाका अध्यक्ष सुमन घिमिरले जानकारी दिए ।

महोत्सव अन्तर्गत हात्ती बनभोज कार्यक्रमसँगै , हात्ती फाष्टवाक प्रतियोगितामा २० वटा हात्ती, छावाहरुको फुटबल प्रतियोगितामा, हात्ती श्रृगार प्रतियोगितामा, हात्ती पेन्टीङ प्रतियोगितामा र हात्ती वाथिङ हुने छ ।

सो महोत्सवमा प्राथमिक उपचारको लागि हात्तीका विशेषज्ञ समेत परिचालन गरिने आयोजकले जनाएको छ ।

महोत्सवमा विभिन्न जातजातिका साँस्कृतीक पहिचान झल्कने स्टलसहित ४० वटा स्टल राखिएको छ । आदीवासी थारु जातिको संस्कृति झल्कने ड्रेस लगाएर फोटो खिच्न मिल्ने व्यवस्था पनि गरिएको क्षेत्रिय होटल संघ सौराहाका अध्यक्ष घिमिरले जानकारी दिए । हात्ती महोत्सव १५ गतेसम्म चल्नेछ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics