‘रोबर्टले मानिसका सबै जागिरहरू कब्जा गर्दैनन ‘



रोबर्टले मानिसलाई विस्थापित गर्ने हैसियत राख्दछ तर यस्ता रोबोटले मानिसका सबैखाले जागिरहरु कब्जा गर्ने सम्भावना चाहीँ नरहेको अध्ययनले देखाएको छ ।

अमेरिकाको कार्निगे मेलोन विश्वविद्यालय र म्यास्याच्युसेट्स इन्स्टिच्यूट अफ टेक्नोलोजीका शोधकर्ताहरुले विभिन्न २१ वटा मापदण्डमा विभिन्न काम तथा जागिरहरु मेसिन लर्निङका लागि जिम्मा दिन सकिन्छ की सकिँदैन भन्ने विश्लेषण गरेका थिए ।

‘यद्यपि मेसिन लर्निङको आर्थिक प्रभाव तुलनात्मक रुपमा सिमित छ र हामीहरु जागिरको अन्त्य भएको अवस्थामा पुगिसकेको छैन तर अर्थतन्त्र र जनशक्तिमा यसले पार्न थालेको प्रभाव चाहीँ गम्भीर छ’, शोधकर्ताहरुले भनेका छन् ।

शोधकर्ताका अनुसार मानिस(मानिसबीच प्रत्यक्ष सम्पर्कको आवश्यकता पर्ने कार्यहरु जसलाई अटोमेसनमा लग्न सकिँदैन त्यस्ता जागिरहरु गर्ने मानिसहरुको जागिर झनै मूल्यवान हुँदै जानेछ । अत्यधिक डाटाका आवश्यकता पर्ने खालका जागिरहरुमा चाहीँ मानिसलाई रोबोट वा मेसिन लर्निङ सिस्टमले विस्थापित गर्ने अध्ययनले देखाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics