दुर्लभ रेड पाण्डाको छालासहित ४ जना पक्राउ



केन्द्रिय अनुसन्धान व्युरो(सीआईबी)ले निक्कै दुर्लभ मानिने रेड पाण्डाको छालासहित चारजनालाई पक्राउ गरेको छ ।

सीआईबी र प्रहरी प्रभाग बुढानिलकण्ठले संयुक्त रूपमा संरक्षित वन्यजन्तु रेड पाण्डाको छालासहित उक्त चारजनालाई बुढानिलकण्ठ ३ स्थित हरियो पर्दा होटलबाट शनिवार पक्राउ गरेको हो । प्रहरी टोलीले मकवानपुरका ३२ वर्षीय बिनोदकुमार रानासहित चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूबाट रेड पाण्डको छाला दुई थान बराबद गरिएको छ । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics