फागुनमा पाथिभरा महोत्सव हुने
- नेचर खबर
 
                                                        
नेपालको सबैभन्दा उचाईमा रहेको पाथिभरा मन्दीरमा पाथिभरा महोत्सव हुने भएको छ । पर्यटन बोर्डमा भएको पत्रकार सम्मेलनमा फागुन एक, दुई र तीन गते पाथिभरा पर्यटन महोत्सवहुने जानकारी दिइएको हो ।
पाथीभरादेवी मन्दिर क्षेत्र संरक्षण तथा सम्बद्र्धन समिति, पाथीभरा क्षेत्र विकास समिति र नेपाली सेनाको श्रीनयां रणभीम गूल्ममुख्यआयोजक र जिल्ला समन्वय समितिताप्लेजुङ, ताप्लेजुङ उद्योग वाणिज्य संघ, ताप्लेजुङ सरोकार केन्द्र, काठमाण्डौं र फुङलिङ नगरपालिकाताप्लेजुङ सह–आयोजकको रुपमा रहेने जनाइएको छ ।
पाथिभरा पर्यटन महोत्सवका मुख्य प्रायोजक हिमालयन गाइड्स नेपाल ट्रेक्स एण्ड एक्सपिडिसन प्रा.लि. काठमाडौं, र महोत्सव प्रवद्र्धकनेपालपर्यटन वोर्ड रहने आयोजकले जनाएको छ ।
महोत्सवको क्रममा स्थानीयउत्पादनको प्रदर्शनी, हिमालयन गाइड्स पाथीभरा म्याराथन, विविध सांस्कृतिक झाँकीहरू, खेलकूदकार्यक्रम, चर्चित राष्ट्रिय कलाकारहरूको प्रस्तुति, खानपानका परिकारहरू र ताप्लेजुङे सत्कारहुने पाथिभरादेवी मन्दिर क्षेत्र संरक्षण तथा सम्बर्दन समितिले जनाएको छ ।
नेपालको सुदूर पूर्वी क्षेत्र ताप्लेजुङमा पाथीभरा देश तथा विदेशमा समेत आकर्षण बन्ने गरेको छ । पाथीभरा मन्दिरमा देशका सबै जिल्लाहरुबाट र दक्षिण एसिया तया विश्वका विभिन्न मुलुकका नागरिकहरुको समेत अकर्षण हुने गरेको छन् ।
पाथिभरा क्षेत्र पाथिभरा मन्दिरको साथै विभिन्न पशुपन्छि, हिमाली दृस्य, हिमाली जडिबुटीहरु, बनस्पतीहरु पनि यस मन्दिर क्षेत्रको आकर्षण हुने गरेको छ । मुनाल, डाँफे, चिरकालिज, हरियो लामपुच्छ«े, भोटेकागलगायतकादूर्लभ पन्छीहरु पनिपाथीभरा क्षेत्रमा पाइन्छ ।
नेपालमा पाइने ३५ मध्ये २८ प्रजातिका लालिगुराँस र १०० भन्दा बढीप्रजातिका सुनाखरी पाथीभरा क्षेत्रमा पाइन्छन् । १ हजारभन्दा बढी प्रजातिका फूलहरु फुल्ने विरुवाहरु पाइएका छन् । जसमध्ये पाथीभरा क्षेत्रमा मात्र ७०० भन्दा बढि प्रजातिका विरुवाहरु पाइन्छ । चिराइतो, कुड्की, विष, विख्मा, जटामसी, वनलसुन, पाखनवेद, पाँचऔंले, शिलाजित, अमला, लौठसल्ला, सुगन्धकोकिला, बोझो, रिठ्ठा, मजिटो, अर्घेली, लोक्ता जस्ता वन पैदावारहरु पाइन्छन् । पाथीभराबाट कन्चनजंघा, कुम्भकर्ण, काङ्बाचेन, मकालु, लोत्से लगायतका हिमालहरुको दृश्यावलोकन गर्न सकिन्छ । सिहलिलापर्वश्रेणी यस क्षेत्रको अर्को मुख्य आकर्षण रहेको छ ।
पाथिभरा महोत्सवले समग्र ताप्लेजुङ जिल्लालाई नै समेट्ने आयोजहरुले जनाएका छन् । कञ्चनजंघा, तिंबु पोखरी, मिल्के जलजले, फुङफङ झरना, सोदु पोखरी, इवापोखरी जस्ता ठाउँहरु पनि छन्, जसले पर्यटकहरुलाई सजिलै लोभ्याउन सक्छ । लिम्बूहरुको पवित्र भूमि फक्तालुङ र बौद्धमार्गीहरुको ऐतिहासिक दिकीछ्योलिङ गुम्बा पनि यसका आकर्षण हुन । ताप्लेजुङ जिल्लामालिम्बू, बाहुन, क्षेत्री, शेर्पा, तामाङ, गुरूङ, राई, नेवार, मगर, कामी, दमाई, सार्की, ढोक्प्या, वालुङ, सुनुवारलगायतविभिन्नजातिजनजातिहरू आ–आफ्नै भाषा, भेषभूषा र संस्कृतिहरु अरु आकर्षक रहेका छन् ।
पाथिभरा महोत्सवका क्रम पहिलो दिनकलशयात्रा, २०७४ फागुन १ गते बिहान ०७ः३० बजे किराँतेश्वर धामतोक्मेडाँडाबाट शुरु भई नगर परिक्रमाका साथ चण्डेश्वर धाम सिद्धिडाँडा सम्मगर्ने, कृषि मेलाप्रर्दशनी, औद्योगिक हस्तकला तथाशिल्पकलाप्रर्दशनी, खाद्य परिकार महोत्सव, साँस्कृतिक कार्यक्रम (राष्ट्रिय तथा स्थानीयकलाकारहरुको प्रस्तुति), प्याराग्लाईडिङ, भलिबल प्रतियोगिता, दोश्रो दिन २ गते, लोक साँस्कृतिक कार्यक्रम, खाद्य परिकार महोत्सव, कृषि तथा औद्योगिक हस्त तथा शिल्पकला प्रर्दशनी, प्याराग्लाईडिङ, लोक दोहोरी कार्यक्रम, भलिबल प्रतियोगिता र तेश्रो दिन ३ गते ०७ः३० बजे खुल्ला म्याराथन, ०७ः४५ बजे महिला म्याराथन, ०८ः०० बजे पाथीभरा धाम प्रवेशद्वार शिल्यान्यास (कान्छिथान ), ०९ः०० बजे पुष्पवृष्टि कार्यक्रम (हेलिकप्टर र प्याराग्लाईडिङबाट), कृषि तथा औद्योगिक हस्तकला, शिल्पकला प्रर्दशनी, प्याराग्लाईडिङ, खाद्य परिकार महोत्सव हुने आयोजनकले जनाएको छ ।
त्यस्तै लोक झाँकी तथा लोक साँस्कृतिक प्रदर्शन, पाथीभरा स्मारिका विमोचन, पुरस्कार तथा सम्मानपत्र वितरण, पाथीभरा दूतको घोषणा हुने बताईएको छ । राष्ट्रपतिले सम्बोधन गरेपछि कार्यक्रम सम्पन्न हुनेछ ।

                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                    
प्रतिक्रिया दिनुहोस