भक्तपुरको सूर्यविनायकमा स्मार्ट सेन्टर स्थापना



स्मार्ट टेलिकमले आफ्ना ग्राहकहरूलाई सेवा उपलब्ध गराउन भक्तपुरको सूर्य विनायक स्थित आर एन भवनमा आफ्नो आधिकारिक स्मार्ट सेन्टरको प्रारम्भ गरेको छ ।

आजबाट प्रारम्भ गरिएको स्मार्ट सेन्टरबाट उपभोक्तालाई प्रभावकारी सेवा उपलब्ध हुने तथा स्मार्टका उत्पादन तथा सेवाहरूको जानकारी सहजै प्राप्त हुने कुरा स्मार्ट टेलिकमले उल्लेख गरेको छ ।

सेन्टरबाट भक्तपुर तथा आसपासका ग्राहकहरूका सम्पूर्ण आवश्यकता एवं जिज्ञाशाहरुलाई सहज एवं सुलभ तरिकाबाट समाधान गरिने योजना स्मार्टको रहेको छ ।
स्मार्ट सेलको नयाँ सेन्टरको समुद्घाटन कम्पनीका अध्यक्ष सर्वेस जोशीले कम्पनीले प्रदान गर्ने नयाँ नयाँ सेवा तथा उत्पादनहरुको जानकारी ग्राहकहरुले यहाँबाट सहजै प्राप्त गर्न सकिने बताए ।

यस अघि स्मार्ट सेलले कुमारी पाटी तथा पुतली सडकमा पनि आफ्नो सेन्टरको स्थापना गरी सकेको छ । आगामी दिनमा पोखरामा आफ्नो सेन्टर स्थापना गर्नेे र अन्य प्रमुख सहरहरूमा पनि स्मार्ट सेन्टर स्थापना गर्ने जानकारी दिएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics