२ हजार ३ सय हेक्टर वनमा आगलागी



गर्मीयाम सुरु भएसँगै देशभरका दुई हजार ३०३ हेक्टर क्षेत्रफल वनमा आगलागी भएको छ ।

पहाडी तथा तराईका १३ जिल्लाका १०६ वनमा आगलागी भएको हो ।

तनहुँको एक वन आगलागी हुँदा तीन हेक्टर, रौतहटका १० वनमा ४४ हेक्टर, मोरङको एक वनमा एक हेक्टर, सिन्धुली १५ वन ३३९ हेक्टर, मकवानपुर १७ वनमा १६५ हेक्टर, ओखलढुंगा पाँच वन ८३५ हेक्टरमा क्षति भएको छ ।

त्यस्तै, ताप्लेजुङको दुई वनमा १९५ हेक्टर, इलाम छ वनमा ३३ हेक्टर, धनकुटा सात वन २५३ हेक्टर, रसुवा दुई वन सात हेक्टर, भोजपुर दुई वन आठ हेक्टर, धादिङ ३८ वन ३३५ हेक्टर र गुल्मीमा एक वन ९० हेक्टर क्षति भएको छ ।

विभागका सहायक वन अधिकृत डम्बरबहादुर भण्डारीले गर्मीसँगै हावाहुरी र गर्मीका कारण वनमा हुने आगलागी बढेको बताए ।
यस्तै अर्घाखाँची, बारा, चितवन, दाङलगायतका २५ जिल्लाका वनमा आगलागी भएको तर कति क्षति भयो भन्नेबारेमा आधिकारिक खबर आइसकेको छैन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics