लाङ्टाङ राष्ट्रिय निकुञ्जको डढेलो नियन्त्रण
- नेचर खबर
 
                                                        
लाङ्टाङ राष्ट्रिय निकुञ्जको जंगलमा लागेको डढेलो सोमबार बिहानबाट नियन्त्रणमा आएको छ ।
लाङ्टाङ राष्ट्रिय निकुञ्जका प्राविधिक रेञ्जर रमेश बस्नेतका अनुसार गोसाइँकुण्ड गाउँपालिका–६ धुञ्चे नजिक ब्राबल भिर इलाका क्षेत्रमा आइतबार मध्याह्नदेखि लागेको डढेलो २२ घण्टाको प्रयासपछि नियन्त्रणमा आएको हो ।
लाङ्टाङ राष्ट्रिय निकुञ्जले वन वनस्पति जैविक विविधता संरक्षणका लागि चेतनामूलक सन्देश प्रवाह गर्दै निकुञ्जका बासिन्दालाई कार्यालयले दिने सेवा सुविधासमेत प्रदान गरिरहेको अवस्थामा वन जंगलमा डढेलो लगाई, वन्यजन्तु वन वनस्पतिमा नोक्सान पु¥याउनु आपराधिक क्रियाकलाप भएकाले यस्ता क्रियाकलाप बन्द गरी संरक्षणमा सहभागी भइदिन सबैलाई आग्रह गरेको छ ।
डढेलो नियन्त्रणका लागि निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना कालीजंग गणका अधिकृत तथा जवान र निकुञ्जका कर्मचारी जुटेका थिए ।हावाको वेगको कारण आगो निभाउन कठिन भएको थियो ।

                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                    
प्रतिक्रिया दिनुहोस