दूरसञ्चार प्राधिकरणको काम समीक्षा गर्न समिति



दूरसञ्चार क्षेत्रमा सुधारका सम्भावना तथा नेपाल दूरसञ्चार प्राधिकरणले गरिरहेका काम कारवाहीको समीक्षा गर्न सञ्चार तथा सूचना प्रविधी मन्त्रालयले तीन सदस्यीय समिति गठन गरेको छ ।

मन्त्रालयका सहसचिव अनुप नेपालको संयोजकत्वमा पूर्व सहसचिव सूर्यबहादुर राउत तथा विज्ञ कमल रिजाल रहेको समिति गठन गरेको हो ।

समितिले प्राधिकरणका काम कारवाहीसंगै सिंगो दूरसञ्चार क्षेत्रको विकासका लागि आवश्यक सुझाव सल्लाह उपलब्ध गराउनेछ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics