स्मार्ट माथि अन्याय

A+ A-



नेपाल टेलीकम र एनसेलले पर्याप्त इ वान लाइन नदिँदा स्मार्ट टेलीकमका ग्राहकहरू मर्कामा परेका छन् ।

दूरसञ्चार प्राधिककरणको इन्टर कनेक्सन गाइडलाइनका (निर्देशिका) अनुसार, टेलीकमहरुले सबै सेवा प्रदायक संस्थाहरूबिच सबैले सबैलाई इ वान लाइन उपलब्ध गराउनुपर्छ ।तर नेपाल टेलीकमले भने यो प्रावधान पालना गरेको छैन । जसले गर्दा स्मार्टका ग्राहकले नेपाल टेलीकममा फोन गर्दा फोन लाग्दैन । फोन नलाग्ने तथा रुट व्यस्त भएको भन्नेजस्ता सन्देशमात्रै प्रवाह हुन्छन् । नेपाल टेलीकमले निर्देशिका अनुसार, लाइन उपलब्ध नगराउँदा स्मार्टले आफ्नो आम्दानीसमेत गुमाइरहेको छ ।

निर्देशिकामा छुट्याइएको इ वान लाईमा ७० प्रतिशतभन्दा बढी कल प्रयोग भए (टफिक ) थप लाइन दिनुपर्ने प्रावधान छ । तर नेपाल टेलीकमले स्मार्टलाई मारमा पार्दै त्यसबारे दिइरहेका लाइनसमेत बन्द गरेको छ । नेपाल टेलीकमले यसअघि ३४ वटा इवान लाइन उपलब्ध गराइरहेकोमा हाल आधाभन्दा कम मात्रै छन् ।

स्मार्ट टेलीकमले अन्य नेटवर्कका लागि उपब्ध गराउने इवान लाइन भने खुल्लै राखेको छ ।

नेपाल टेलीकमले मात्रै होइन , एनसेलले पनि पर्याप्त इवान लाइन स्मार्टलाई दिएको छैन । जसले गर्दा स्मार्टबाट एनसेलमा समेत कल गर्न समस्या भइरहेका छ । ७० प्रतिशत ट्राफिक भएपछि इवान लाइन थप गर्नुपर्ने कानुनी प्रावधानलाई दुवै सेवा प्रदायकले बेवास्ता गरेका छन् । हाल दुवै नेटवर्कमा ७० प्रतिशतभन्दा बढी टफिक छ । यसले ग्राहक त मर्कामा परेका छन् नै स्मार्टको आम्दानीमासमेत उल्लेख्य नोक्सानी भएको छ ।

दूर सञ्चार प्राधिकरणले अघिल्लो साता गरेको अनुगमनका क्रममासमेत बिहान ९ बजेदेखि ११ र साँझ ५ देखि ७ बजेका बीचमा (पीओआइ युटिलाइजेसन) ७५ प्रतिशतभन्दा बढी टफिक देखिएको थियो । प्राधिकरणले निर्देशिका अनुसार बढी टफिक भएपछि क्षमता थप्न निर्देशन दिँदै पत्र समेत पठाएको छ । एकसाता भित्र समस्या समाधान गरी जानकारी दिन निर्देशन गरेपनि नेपाल टेलीकम र एनसेलले निर्देशनको पालना गरेका छैनन् ।

इ वान लाइन भन्नाले एउटा सेवा प्रदायकको नेटवर्कबाट अर्को सेवा प्रदायकको नेटवर्कमा एकैपटक गर्न सकिने कलको आकार (संख्या) हो ।दुबै सेवा प्रदायकलाई निर्देशिका अनुसार इ वान लाइन उपलब्ध गराउनेबारेमा नेपाल दूर सञ्चार प्राधिकरणसमेत मौन देखिन्छ । निर्देशन कार्यान्वयन भए नभएको अनुगमनसमेत गरिरहेको छैन ।

यसबारे नेपाल दूर सञ्चार प्राधिकरणका प्रवक्ता मीनकुमार अर्यालले नेपाल टेलीकम र एनसेललाई क्षमता बढाउन पत्राचार गरी एकसाता भित्र समस्या समाधान गर्न निर्देशन दिएपनि दुई ठूला सेवा प्रदायकले बेवास्ता गरेको बताए । उनले भने, बारम्बार निर्देशन दिएका छौँ । ठूला सेवा प्रदायकले सानालाई नियन्त्रण गर्न खोज्छन् । यो हामीलाई सह्य हुँदैन, ।
उनले निर्देशिका अनुसार क्षमता नबढाए कारवाही गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics