सरकारले सरसफाइको लागि धुर्मुस सुन्तलीलाई ७० लाख



वीर अस्पताल सरसफाइबापतको रकम सरकारले धुर्मुस सुन्तली फाउण्डेशनलाई उपलब्ध गराउने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालको सरसफाइ गरेवापत धुर्मस सुन्तली फाउण्डेशनलाई ६९ साल ८६ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

गत साउनमा बसेको मन्त्रिपरिषद्को वैठकले धुर्मुस( सुन्तली फाउण्डेशनलाई वीर अस्पताल सरसफाइ गरेवापतको रकम उपलब्ध गराउन निर्णय दिएपछि मन्त्रालयले उक्त रकम उपलब्ध गराउन वीरलाई निर्देशनसमेत दिएको छ ।

वीर अस्पतालको सरसफाइ गर्ने क्रममा धुर्मुस (सुन्तली फाण्डेशनलाई रकम अभाव भएपछि स्वास्थ्य मन्त्रालयले उक्त रकम उपलब्ध गराउने प्रतिवद्धता जनाएको थियो ।

'कुल एक करोड नौ लाख रुपैयाँ खर्च भएकोमा मन्त्रालयले हाललाई ६९ करोड ८६ लाख रुपैयाँ दिने निर्णय गरेको हो’, स्वास्थ्य मन्त्रालय, निति, योजना तथा कार्यान्वयन महाशाखा प्रमुख डा. विकास देवकोटाले भने ।

मन्त्रालयसँग उक्त रकम नभएका कारण हाललाई मन्त्रालयले वीर अस्पतालमार्फत नै उक्त रकम लिने व्यवस्था गरेको मन्त्रालयले जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics