गैँडाको खाग राजदरबारमा

A+ A-

गैंडालाई चार वर्ष’ गैंडासम्बन्धी कमलजङ्ग कुँवरद्धारा लिखित पुस्तक हो । यो पुस्तक वि.सं २०६६ साउन महिनामा ‘चित्रबहादुर कुँवर स्मृति गैँडा संरक्षण प्रतिष्ठान’ ले प्रकाशनगरी बजारमा ल्याएको थियो । यो पुस्तक हामीले प्रत्येक शनिबार नेचर खबरअनलाइनबाट प्रकाशित गर्दै आइरहेका छौँ । पढौँ पुस्तकको अन्तिम (५८ औं) अंश -

तस्करीतन्त्र 

गैँडा सिकारी वीरमान प्रजाले बयानका क्रममा थुप्रै मान्छेको नाम बतायो। कसैकसैको नाम बताउँदा ऊ अलि डराउँथ्यो। उसका अनुसार ऊ खाग लगेर सोझै ताम्लिङलाई दिन्थ्यो। उसको विशेष सम्बन्ध भने ग्याम्जोसँगै थियो। ग्याम्जोले उसलाई एक पटक हेटौँडा लगी चस्मावाल मोटेसँग भेटाएको  थियो। त्यो मोटे लक्ष्मण केसीले वीरमानलाई आफ्नो अटोमेटिक बन्दुक दिई गैँडा मार्न अर्‍हाएको थियो। धन्न गैँडाका दिन राम्रा रहेछन्; भरूवा बन्दुकमा अभ्यस्त वीरमानले अटोमेटिक बन्दुक असजिलो लागी पछि फर्काइदिएछ।

२०५९ साल साउन–भदौतिर ग्याम्जोको मृत्यु भयो। त्यसभन्दा केही पहिले अनिल घिसिङ र झलेन्द्र गुरूङहरु पक्राउ परेर मारिएका थिए। वीरमानका अनुसार ती दुवै ग्याम्जोका दाहिने हात थिए। सुनाचुरीदेखि सौराहा, पदमपुर, डुमरिया, मेघौली, आइल्यान्ड, कावासोती, कोल्हुवा, तमासपुरसम्म गैँडा मार्ने सिकारीहरुलाई परिचालित गर्ने पैसा र बन्दुक उपलब्ध गराउने तथा खाग
किनबेच गर्ने कामको सञ्जाल ग्याम्जोको निर्देशनमा उनीहरुले सञ्चालन गर्थे।निकुञ्जले अनिल र झलेन्द्रलाई पक्राउ गरेपछि सेनाको देवीदत्त गणले उनीहरुलाई आफ्नो हिरासतमा राखेर सोधपुछ गर्न थाल्यो। त्यस क्रममा सेनाले गैँडा तस्करीको सञ्जालबारे थुप्रै कुरा थाहा पायो।

ती दुईको बयानबाट गैँडा तस्करीका नाइके को–को हुन् भन्ने पनि खुल्न आयो, जसमध्ये केही व्यक्ति पद, पैसा र पहुँचका हिसाबले एकदमै शक्तिशाली थिए। त्यो कुरा सैनिक अधिकारीहरुबाट चुहिएपछि त्यसले तस्करहरुको उच्च तहमा खैलाबैला मच्चायो। अनि तस्करहरुकै योजना मुताबिक अनिल र झलेन्द्र लगायतका नौ जनालाई सेनाले भाग्न खोजेको भन्ने बहानामा मार्‍यो। सोही
कारण ग्याम्जोको पनि हार्टअट्याक भएर मृत्यु भयो। तस्करहरुकै निर्देशन अनुसार सेनाले ती दुईको बयान लिखित ?पमा रेकर्डमा पनि राखेन। आफ्नै हिरासतमा रहेका अनिल र झलेन्द्रलाई सेनाले अघिल्लो दिनसम्म मार्न हुँदैन भनिरहेकामा भोलिपल्टै मार्नुपर्छ भन्न थालेको सुनेर रेञ्जर माधव र रुपकजीहरु त्यस बेलै स्तब्ध हुनुभएको थियो। गैँडा तस्करीको सञ्जाल र त्यसका नाइकेहरुबारे थाहा हुनु नै ती बिचराहरुको मृत्युको कारण बन्यो।

दरबारमा खाग
२०४६ सालभन्दा अगाडिसम्म कालगतिले मरेका गैँडाको खाग तथा खुर राजदरबारमा लगेर बुझाइन्थ्यो। सात सालदेखि छयालीस सालसम्म चालीस  खाग तस्करीको  वर्षमा लगभग सात सय गैँडाका खाग दरबारमा बुझाइएको छ। निकुञ्जका कर्मचारीहरु स्वयंले नारायणहिटी राजदरबारमा लगेर खाग बुझाउनुपथ्र्यो र दरबारबाट खाग बुझेको भरपाई पठाइन्थ्यो। खाग बुझाएका र बुझेका
कागजहरु अहिले पनि निकुञ्जको मुख्य कार्यालय, कसरामा मौजुद छन्।

यसरी बुझाइएका खाग कहाँ छन्? दरबारमै छन् कि कतै पुगिसके?कतिसम्म भने २०४४–४५ सालमा बाघ मरेपछि सिङ्गै बाघ गाडीमा राखेर दरबार पठाउने निर्देशन आयो र त्यसका निम्ति निकुञ्जलाई ४२०७ नम्बरको गाडीसमेत उपलब्ध गराइयो। सबै किसिमका वन्यजन्तुको अवैध सिकार र तस्करीमा दरबार तथा उसका निकटस्थहरुको प्रत्यक्ष–अप्रत्यक्ष संलग्नता रहने
गथ्र्यो। सेनाले आँपटारीमा चार वटा खागसहित पक्राउ गरेका पेम्बा शेर्पा र दावा लामालाई धरौटीमा छुटाउन दरबारकै इसारामा तारतम्य मिलाएको थियो। तमाम अनुभव र घटनाक्रमबाट मलाई स्पष्ट भयो— वन्यजन्तु तस्करीर लागू पदार्थ तस्करी दुवैको सञ्जाल नेपालमा मिल्दोजुल्दो रहेछ र दुवैलाई सञ्चालन र संरक्षण दिने संयन्त्र पनि दरबारमै रहेछ।

त्यति बेला दरबारका विरूङमा बोल्ने कोही थिएनन् किनभने त्यो पञ्चायतकाल र शाहीकाल थियो। तर अहिले समय बदलिएको छ; समाज  बदलिएको छ र सामान्य मान्छेमा पनि बोल्ने र अन्यायविरूङ लड्ने आँट आएको छ। त्यसैले तस्करहरुको षड्यन्त्रविरूङ संरक्षणकर्मीहरुका पक्षमा संरक्षणका हिमायतीहरु बोलिरहेका मात्र छैनन्, सक्रिय पनि छन्। मलाई पूर्ण
विश्वास छ, वन्यजन्तु तस्कर र माफियाविरूङको लडाइँ आउँदा दिनहरुमा तीव्रभन्दा तीव्र हुँदै जानेछ। र, त्यो दिन टाढा छैन जब यो देशबाट तिनीह?को बिगबिगी समाप्त हुनेछ। वन्यजन्तुको चोरी सिकार अन्त्य हुनेछ र वातावरण तथा समग्र प्रकृति कसैको हस्तक्षेपबिना उन्मुक्त अवस्थामा रमाउनेछ। मेरो सपना र लक्ष्य पनि त्यही हो।

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics