चितुवाको छाला सहित पक्राउ


चितुवाको छाला सहित दुईजना व्यति पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका १७ ढल्कुबाट म्याग्दी रुग्मा गाविसका ३१ बर्षीय छमप्रकाश रोक्का र सोही ठाउँ बस्ने १८ वर्षीय गिरीप्रकाश रोक्कालाई १ थान चितुवाको छाला जस्तो देखिने बस्तु सहित शनिबार प्रहरीले पक्राउ परेका हुन ।

उक्त ठाउँमा चितुवाको छाला बिक्रि-वितरण तथा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा जाँच गर्दा गिरी प्रकाश झोलामा उक्त वस्तु फेला पारेको  प्रहरीले जनाएको छ ।

छमप्रकाश र गिरीप्रकाशलाई थप कारवाही लागि वन कार्यालय हात्तिसार पठाइएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics