१८ बुँदे घोषणापत्र जारी गर्दै विम्स्टेकको चौथो सम्मेलन सम्पन्न



१८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौँथो सम्मेलन शुक्रबार सम्पन्न भएको छ ।

समापन समारोहमा सदस्य राष्ट्रहरूको बीचमा विद्युत लाइन प्रसारणको अन्तरदेशीय मार्ग (बिमस्टेक ग्रीड इन्टरकनेक्सन) सहमति पत्र हस्ताक्षर भएको छ । सम्झाैताले सदस्य देशहरूबीच उर्जा आदानप्रदानको बाटो खोल्नेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले समापनसँगै श्रीलंकाका राष्ट्रपति मैत्रिपाल सिरिसेनालाई बिमस्टेकको अध्यक्षता हस्तान्तरण पनि गरेका छन् । नेपालले २०१४ देखि बिम्स्टेकको अध्यक्षता गर्दै आएको थियो । पाँचौ शिखर सम्मेलन श्रीलंकाले आयोजना गर्नेछ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics