जलवायु परिर्वतनसंग लड्न अन्तरसरकारी संयन्त्र बनाउने विमस्टेक घोषणा
A+ A-- नेचर खबर
- भदौ १५, २०७५
जलवायु परिवर्तनका असर कम गर्न अन्तरसरकारी संयन्त्र बनाउने सहमतीसहित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन सकिएको छ । सम्मेलनमा नेपाल, भारत, भुटान, म्यानमार, थाइल्याण्ड, बंगलादेश र श्रीलंकाका राज्य प्रमुख र सरकार प्रमुखको सहभागीता रहेको थियो ।
सम्मेलनले जारी गरेको काठमाडौं घोषणा पत्र यस्तो छ ।
के–के छन् घोषणापत्रमा ?
–जलवायु परिवर्तनको असर कम गर्न अन्तरसरकारी समन्वय संयन्त्र बनाउने
- वुद्धिष्ट सर्किट बनाउने
–पर्यटन बनाउन रणनीति बनाउने
–हवाई, सडक र रेलवे कनेक्टेभिटी अगाडि बनाउने
–बिमस्टेको स्थायी कार्यसम्पादन समूह बनाउने
–बिमस्टेको वडापत्र बनाउने कार्यलाई अगाडि बढाउने
–बिमस्केट कोष स्थापना गर्ने
–बिमस्टेक सचिवालयमा निर्देशकहरूको संख्या ७ बनाउने
–सांसदहरू, विज्ञ र मिडियाको विभिन्न मञ्च बनाउने
–मोटर सम्झौतालाई छिटो निस्कर्षमा पु-याउने
–कनेक्टेभिटी गुरू योजना बनाउने
–स्वतन्त्र व्यापार सम्झौतालाई छिटो निस्कर्षमा पुर्याउने
–बिमस्टेक मुलुकहरूबीचमा ‘भिसा’ सहुलियत सम्बन्धी कार्य अगाडि बढाउने
–पारस्पारिक कानूनी सहायता सम्बन्धी सम्झौतालाई अगाडि बढाउने
–गृहमन्त्री स्तरीय बैठकको आयोजना गर्ने
प्रतिक्रिया दिनुहोस