काठमाडौंमा बिजुली बस



वातावरणमैत्री पाँचवटा बिजुली बस मंगलबारदेखि काठमाडौंमा सञ्चालनमा आएका छन् ।

पाँचवटा अत्याधुनिक एवं सुविधासम्पन्न बिजुली बसहरु तत्कालका लागि साझा यातायातले कोषसँगको सहकार्यमा राजधानीमा सञ्चालनमा ल्याएको हो ।

चिनियाँ कम्पनी बिवाइडीले निर्माण गरेको ५ वटा विद्युतीय बस ल्याउने केही समयअघि नै घोषणा गरेको थियो ।

ती मध्ये दुईवटा बस काठमाडौँ आइसकेको छ ।

प्रधानमन्त्री केपी ओली पुल्चोकस्थित साझा यातायत कार्यलयबाट सिंहदारवास्थित प्रधानमन्त्री कार्यालयसम्म पुगेका थिए ।

एडीबीको आर्थिक सहयोगमा लुम्बिनी विकास कोषले लुम्बिनी अन्तर्रा्ष्ट्रिय विमानस्थलमा सञ्चालनका लागि बिजुली बस खरिद गरेको हो ।

साझा यातायातका अध्यक्ष कनकमणि दिक्षितका अनुसार बसहरु लुम्बिनी क्षेत्रमा सञ्चालन गरिने भएपनि भैरहवामा गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थल नबनेसम्म राजधानीकै खाल्डखुल्डीरहित सडकमा सञ्चालन गरिने छ । बसमा चालकसहित २० जना यात्रु रहेका छन् भने यो अपाङ्ग मैत्रीसमेत रहेको छ ।

बिजुलीबाट चल्ने भएकाले यी बसले बढ्दो प्रदुषण नियन्त्रणमा सहयोग गर्ने छन्।

सरकारले विद्युतीय सवारीसाधनमा भन्सार छुट दिएसँगै विभिन्न यातायात कम्पनीहरू वातावरणमैत्री सवारीसाधन तर्फ आकर्षित भएका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics