आगलागीबाट ३३ लाख बराबरको क्षति

A+ A-

काठमाडौँ, सर्लाही र सुनसरीमा भएका छुट्टाछुट्टै आगलागीबाट करिब ३३ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

काठमाडौँ शंखरापुर नगरपालिका-५ पालवारी आर्यल टोलमा डेरा गरी बस्ने खोटाङ घर भएका बिनोद गिरीको कोठामा करेन्ट सर्ट भई आइतबार साँझ आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।

त्यस्तै, सर्लाही लालबन्दी नगरपालिका-१ नवलपुर बस्ने गंगा महतो र राम प्रसाद महतोको उखु बारीमा आइतबार दिउसो आगलागी हुँदा करिब २० लाख रुपैयाँ बराबरको उखु जलेर क्षति भएको छ ।

सुनसरी धरान उपमहानगरपालिका-५ देविगाँउस्थित बीरबहादुर राईको घरमा आइतबार बेलुका आगलागी हुँदा करिब ३ लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।

स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics