मनाङमा १८ घण्टासम्म हिमपात


चिसो बढेसँगै मनाङमा हिमपात शुरु भएको छ। बिहीबार दिउँसोदेखि हिउँ पर्न थालेको हो। जिल्लाको माथिल्लो भेग खांसार, भीमताङ, गुवाल,मनाङगाउँलगायत ठाउँमा बाक्लो हिउँ परेको छ।

अन्य भूभागमा भने पातलोे हिउँ परेको छ । लामो समयसम्म आकाशमा बादल लाग्नाका साथै तापक्रम पनि निकै घटेको छ।

प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले भने, ‘बिहीबार बिहानदेखि यहाँको मौसममा खराबी देखियो । हिमालको वरिपरि कालो बादल लागेको र हावाहुरी आउनाका साथै हिमपात भएर तापक्रम पनि माइनस २० डिग्री सेल्सियस पुगेको छ।’

बिहीबार दिउँसो करीब १ बजेबाट शुरु भएको हिमपात बिहान ७ बजे रोकिएको माथिल्लो मनाङका गोरे गुरुङले बताए। हिमपातले जनमानसमा कुनै असर भने नगरे पनि चिसो भने बढेको छ। अहिले भने हिमपात रोकिएको छ।

झन्डै १८ घण्टा निरन्तर हिमपात भएको थियो । जल तथा मौसमविद् बरुण गौडेलका अनुसार आज दिनभर मौसममा बदली हुने, साँझपख पुनः हिमपात हुनसक्ने र भोलिबाट मौसममा सुधार आउने सम्भाबना देखिन्छ।

रासस

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics