कठै मेरो दुई नम्बर प्रदेश

A+ A-



दुई  नम्बर पैसा ,दुई नम्बर  काम ,
दुई  नम्बर शैली , दुई नम्बर सामन,
आदि इत्यादि सुन्दै ठुलो भएकोले होला
मलाई मेरो प्रदेश को नाम मन कहिले परेन ।

नाम पनि कस्तो दुई नम्बर प्रदेश,

तर चित्त बुझाएँ,
यो प्रदेश जन्मिनु अघिको प्रसव पीडा सम्झेर,
पोल्छ अझै मुटु, मधेश को चिरा चिरा सम्झेर ।

सोचे, अब त सांसद नि काला,
धोती र गम्छी वाला।
राजधानी नि जनकपुर,
न त त्यो खाल्डो, न त त्यती दूर ।

अब विकास नि आफ्नै,
सत्यानाश नि आफ्नै,

अब त हाम्रो नियती नि फेरिन्छ होला,
कम्तिमा आफैले आफ्नो विकास त गर्छन होला।

आज समाचार पढ्छु,
दुई  नम्बर प्रदेश को मन्त्रालयमा सचिव कुटिए ।

को कुटिए, कसको गल्ती,
जगजाहेर नै हुन्छ होला।
तर जहाँ यस्तो घटना भयो
त्यसले यो मुटु रोयो।

नसुक्दै रोडमा सहिदले बगाएको रगत को दाग,
मन्त्रालयमा खोजिदै छ आ-आफ्नो भाग ।

मैले सुन्दै आएको लालु वाला पटनाको,
अवस्था यस्तै छ होला, जुन छ यो घटनाको।

सांसद हुन गरेको कर्तुत, चुनावको बेला हेरेको थिएँ,
र पछी का कर्तुत कस्ता हुन्छन्, यती सम्म न सोचेको थिएँ।

लाल बाबु राउत को
'बेटी बचाउ, बेटी पढाउ' नारा लाई सम्मान गर्दै
'प्रदेश बचाउ,त्यसको इज्जत बढाउ'
'सांसद र मंत्री लाई मार्यादा सिकाउ'
'कर्मचारीको मनोवल कदापी न गिराउ'
"दोषी उपर कारवाही को प्रक्रिया अघि बढाउ"
जस्ता नारा थप्न मन लाग्छ ।

र अन्त्यमा
सक्छौ, २ न प्रदेश को नाम फेर
सक्दैनौ, कसरी हुन्छ, त्यसको काम फेर।

प्रतिक्रिया दिनुहोस

web
analytics