वातावरण पत्रकार ढकाल पुरस्कृत




वातावरण पत्रकार प्रगति ढकालले पत्रकारिताको माध्यमबाट वन प्रवद्र्धनमा पुर्‍याएको योगदानको कदर गर्दै उनलाई वन पैदावार उद्यम प्रवद्र्धन पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघको १९ औं साधारण सभाको उपलक्ष्यमा उनलाई पुरस्कृत गरिएको हो ।

ढकाललाई नगद २१ हजार १ सय ११ रुयैया र सम्मानपत्र दिईएको छ । उनि विगत ६ बर्षदेखी वन तथा वातावरणका मुद्धामा सक्रिय रुपमा कलम चलाउदै आईरहेकी छिन् । ढकाल हाल नेपाल वातावरण पत्रकार समूहको कार्यसमती सदस्य पनि छिन् ।

यसअघि पनि मिडिया इन् कन्जरभेसन अवार्ड, सामुदायिक वन पत्रकारिता पुरस्कार, नेफेजद्धारा प्रदान गरिने वातावरण पत्रकारिता पुरस्कार पाईसकेकी छिन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics