पर्यटनमन्त्री अधिकारी चढेको हेलिकोप्टर दुर्घटना

A+ A-

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी सवार हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना भएको छ । तेह्रथुमको चुहान डाँडा एयरपोर्टनिरिक्षणका लागि गएका मन्त्रीसहितको टोली पाथिभरा दर्शनमा लागि गएको थियो ।

मन्दीर दर्शन गरेर फर्कने क्रममा दुर्घटनामा परेको हो ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी प्राप्त सूचना उदृत गर्दै गृहसचिव प्रेमकुमार राईले भने, ‘पाथीभराबाट चुहान डाँडा जाँदा हेलिकोप्टर क्र्यास भएको खबर आएको छ ।’

सचिव राईका अनुसार हेलिकोप्टरमा मन्त्री अधिकारी, डाइनेस्टी एयरका प्रमुखसहित ६ जना
थिए ।

दुर्घटना भएको हेलिकोप्टरमा यति एयरका सञ्चालक आङछिरिङ शेर्पा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद सचिवालयका उपसचिव युवराज दाहाल पनि सवार थिए ।

प्रतिक्रिया दिनुहोस

web
analytics