सालकको खपटा सहित पक्राउ



काठमाडौँ महानगरपालिका २६ मित्रनगर मैत्रीटोलबाट १ किलो ७७ ग्राम सालकको खपटा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा स्वयम्भु बस्ने सिन्धुपाल्चोक विशंखु गाउँपालिका १ का ३१ वर्षीय राज लामा र धादिङ निलकण्ठ नगरपालिका ४ बसाहा घर भई हाल चौमती बस्ने ३० वर्षीय विशाल सुनार रहेका छन् ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरी टोलीले विक्री वितरण गर्ने क्रममा उक्त सालकको खपटा
बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics