चट्याङ लागेर सप्तरीमा एकको मृत्यु

A+ A-



सप्तरीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।

बोदे बर्साइन नगरपालिका–८ सोनापुरका ६० वर्षीय मोहन साहको आइतबार खेतमा गहुँको बोझा बाँध्न गएका बेला चट्याङ लागेर मृत्यु भएको प्रहरी चौकी काचनले जनाएको हो।

साहको शवलाई पोष्टमार्टमका लागि लहान लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रीता पौडेलले बताइन् ।

प्रतिक्रिया दिनुहोस

web
analytics