कस्तुरीको वीनासहित पक्राउ



काठमाडौंमा कस्तुरीको वीनासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्जबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका–२६ भगवानबहालबाट करिब २१ ग्राम तौलको कस्तुरीको वीना १ थानसहित तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा स्याङजा भिरकोट गाउँपालिका–३ का ३८ वर्षीय चित्रबहादुर थापा, संखुवासभा मकालु गाउँपालिका–३ का ३८ वर्षीय इन्द्र कुमार राई र संखुवासभा मकालु गाउँपालिका–३ का २८ वर्षीय सन्देश अछामे रहेका छन्।

कस्तुरीको वीना अवैध रूपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने सूचनाका आधारमा ब्युरोबाट प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ।

पक्राउ तीनै जनालाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार, काठमाडौँ पठाइएको ब्युरोले जनाएको छ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics