घाइते शाही बाजको उद्धार



ललितपुरको झम्सिखेलबाट घाइते शाही बाजको उद्धार गरिएको छ ।

काठमाडौँ उपत्यकामा चराहरू दुर्घटनामा परी घाइते भएका घटनाहरू दिनहुँ आउन थालेपछी यिनको उद्धार, उपचार र संरक्षणमा लाग्न आम समुदाय र सरोकारवाला निकायहरूलाई संरक्षण कर्मीहरूले अपिल गरेका छन्।

मङ्गलवार काठमाडौँ मैतीदेवीबाट घाइते अवस्थामा भेटिएको गोठे लाटोकोसेरो उद्धार गरी केन्द्रीय चिडीयाखाना जावलाखेलमा राखिएको छ । त्यस्तै बुधवार पनि ललितपुरको झम्सिखेलबाट घाइते शाहीबाजको उद्धार गरिएको छ।

काठमाडौँ उपत्यकामा अति विरलै देखिने शाही बाज सिकार गर्ने बेला यहाँका शहरी अग्ला मानवीय संरचनामा ठोकिएर घाइते भएको हुन सक्ने नेपाल पन्छी संरक्षण सङ्घका गिद्ध संरक्षण कार्यक्रम अधिकृत कृष्ण भुसालले जानकारी दिए।

भुसालका अनुसार शिकारी चरा विचरणको क्रममा सिकार पछ््याउदै शहरी क्षेत्रमा आउँदा अग्ला विद्युतीय पोल ,तार अग्ला मनवीय संरचना तथा अन्य टावरमा ठोकिएर बढी दुर्घटनामा पर्ने गर्दछन् । उनले भने ‘नेपालमा वन्यजन्तु उद्धार केन्द्र र उपचारका लागि वन्यजन्तु अस्पतालको अभावमा वर्षेनी सयौँ दुर्लभ चराहरू र अन्य वन्यजन्तुहरूले अनाहकमा ज्यान गुमार्इ रहेका छन्। ’

संसारमा सबैभन्दा तीव्र गतिमा उड्ने चरा शाही बाज ३९० कि.मी प्रति घण्टा सम्म उडन सक्छ । त्यस्तै समुन्द्री सतहबाट १५ सय देखी ३ हजार मिटर सम्म प्रजनन गर्ने यसले चट्टानी भिर पहरामा गुँड बनाउने गर्दछ।

प्राय दैनिक जसो चराहरू घाइते भएका वा मरेका जस्ता खबरहरू आई रहने नेपाल पन्छी संरक्षण सङ्घका सूचना अधिकृत निरज दाहालले बताए । नेपालमा हाल सम्म ८ सय ८६ प्रजातीका चराहरु पाइने आधिकारिक तथ्याङ्क छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics