उपत्यका लगायत देशभर वर्षा

 

पूर्वमा बनेको न्यून चापीय रेखा र स्थानीय वायुको प्रभावले गर्दा काठमाडौँ उपत्यका लगायत देशको अधिकांश भागहरुमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आगमी तीनदिनसम्म काठमाडौँ उपत्यकासहित देशभर आंशिक तथा सामान्य बदली हुनाका साथै मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको छ ।

यस्तो छ आगामी तीन दिन सम्मको मौसम पूर्वानुमान :

जेष्ठ १६ गते (विहिबार):

दिउँसो: देशका पूर्वी भु-भागमा आंशिक देखि सामान्य बदलि, मध्य भु-भाग लगायत पश्चिमि पहाडी भू-भागमा आंशिक बदलि र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । देशका पूर्वी भु-भागका केहि स्थानहरुमा र मध्य तथा पश्चिमि पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

राति: देशका पूर्वी भु-भाग लगायत मध्य र पश्चिमि पहाडी भू-भागमा सामान्य वदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । देशका पूर्वी भु-भागका केहि स्थानहरुका साथै मध्य तथा पश्चिमी पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

जेष्ठ १७ गते (शुक्रबार):

दिउँसो: देशका पूर्वी तथा मध्य भागहरुमा आंशिक देखि सामान्य बदलि, पश्चिमि पहाडी भू-भागमा आंशिक बदलि र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । देशका पूर्वी तथा मध्य भु-भागका केहि र पश्चिमि पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

राति: देशका पूर्वी भु-भाग लगायत मध्य तथा पश्चिमि पहाडी भू-भागमाहरुमा आंशिक देखि सामान्य बदलि, मध्य तराईका भु-भागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । देशका पूर्वी भाग लगायत मध्य र पश्चिमि पहाडी भागका केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

जेष्ठ १८ गते (शनिबार):

दिउँसो: देशका पूर्वी तथा मध्य भू-भागहरुमा सामान्य बदलि रही बाँकिभू-भागहरुमा आंशिक बदलि रहने रहनेछ । पूर्वी तथा मध्य भु-भागका केहि र पश्चिमि पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

राति: देशका पूर्वी भु-भाग लगायत मध्य तथा पश्चिमि पहाडी भू-भागमाहरुमा आंशिक देखि सामान्य बदलि, बाँकी भूभागमा आंशिक वदली रहने छ । देशका पूर्वी भाग लगायत मध्य र पश्चिमि पहाडी भेगका केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics