चितवनमा एक वर्षमा ७१ वटा वन्यजन्तु मरे

चितवन राष्ट्रिय निकुञ्ज सहित वरिपरीका क्षेत्रमा लगभग एकवर्षको हाराहारीमा ७१ वटा वन्यजन्तु मरेका छन् । चितवन राष्ट्रिय निकुञ्ज लगायत आसपासको क्षेत्रमा चालु आर्थिक वर्षमा ७१ वन्यजन्तु मरेका हुन् ।

चितवन राष्ट्रिय निकुञ्जका अनुसार यो वर्ष सबैभन्दा धेरै गैँडा मरेका छन् । चितवनमा चालु आर्थिक वर्षमा ४२ वटा गैँडा मरेका हुन्।

गैंडाको बच्चालाई गोहीले खाएर, जुधेर, भालेले हानेर, दलदलमा फसेर, बुढो भएर र एउटा मृगौला एवं फोक्सोमा खराबी लगायत विभिन्न कारणले गैँडा मरेको निकुञ्जले जनाएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका अनुसार निकुञ्जमा मात्रै ३३ वटा गैडा मरेका छन् भने अन्य मध्यवर्ती क्षेत्रमा ७ र डिभिजन वन क्षेत्रमा २ वटा गरी ४२ वटा गैडा मरेका हुन्। गत आर्थिक वर्ष २०७४/७५ मा २६ वटा गैँडा मरेका थिए । पछिल्ला वर्षहरूमा प्राकृतिक कारण गैंडा धेरै मरेको पाइएको छ ।

त्यस्तै दोस्रोमा सबैभन्दा धेरै चित्तल मरेका छन् । चितवनमा पछिल्लो ११ महिना १४वटा चित्तल मरेका छन् । सडक दुर्घटनाका कारण ९वटा चित्तल मरेका छन् र  ६वटा अन्य कारणबाट मरेको निकुञ्जले जनाएको छ ।

त्यस्तै तेस्रोमा लगभग एक वर्षको अवधिमा सबैभन्दा धेरै बाघ मरेका छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार ११ महिनामा मात्र चितवनमा ८ वटा बाघ मरेका छन् । उनले भने , ‘८वटा बाघ मध्ये ५वटा भाले, एउटा पोथी र दुईवटा बाघ भने पहिचान हुन सकेको छैन । ’

घिमिरेले दुईवटा बाघ प्राकृतिक कारण, एउटा पेटमा घाउँको कारण, एउटा आमा नभएर टुहुरो भएको कारण र एउटा एकआपसमा जुधेर बाघ मरेको नेचर खबरलाइ भने ।निकुञ्जका अनुसार तीन वटा किन मरेको भने पहिचान अहिले सम्म खुल्न सकेको छैन् ।

यस्तै चितवनमा घडियाल तीन वटा, बँदेल तीनवटा र रतुवा एउटा मरेका छन् ।

गत आर्थिक वर्ष २०७४/७५ मा चितवन राष्ट्रिय निकुञ्ज र वरिपरिका क्षेत्रमा ५७ वटा वन्यजन्तु मरेका थिए । आर्थिक वर्ष २०७३ /७४ मा ४७ वटा वन्यजन्तु मरेका थियो । तीन वर्षको तथ्याङ्क  हेर्ने हो भने हरेका वर्ष विविध कारण वन्यजन्तु मृत्यु सख्या बढ्दो पाइएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics