चितवन, नवलपरासी र आसपासका जिल्लामा सतर्क रहौं

A+ A-

जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि नेपाल प्रवेश गरेको मनसुनको कारण चितवन, नवलपरासी र आसपासका जिल्लामा आगामी घण्टा सतर्क रहन आग्रह गरेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार अपरान्ह पौने तीन बजेदेखि बजेदेखि आइतबार पौने तीन बजेदेखि बजेसम्म सतर्क रहन आग्रह गरेको हो ।

यस क्रममा ठुला नदीहरुमा बहाब केही बढ्ने देखिएपनि स-साना नदीहरुमा पानीको बहाब ह्वात्त बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै विशेषगरी चितवन र नवलपरासी आसपासका जिल्लामा सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेको महाशाखाले जनाएको छ ।अहिले चितवन र   आसपास मेघ गर्जन र हावाहुरि सहित वर्षा भईरहेको छ।

शनिबार राति र आइतबार मध्य र पश्चिमका धेरै स्थानहरुमा मध्यम वर्षा हुनुका साथै थोरै स्थानहरुमा भारी वर्षा  हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ । पूर्वी भेगका पनि केहि स्थानमा वर्षा हुने  हुने महाशाखाको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics