तोरीपानीमा चितुवाको आक्रमण बाट दुई घाइते

A+ A-


बेनी नगरपालिका – ९ तोरीपानीमा चितुवाको आक्रमण बाट दुई जना घाइते भएका छन् ।

मेलापात जाँदै गरेको अवस्थामा बेनी नगरपालिका ९ बस्ने मेनका खत्री र विष्णु खत्रीलाइ चितुवाले आक्रमण गरेको हो ।

दिउँसो सामुदायिक वन आसपासमा जानै हुन्न , फरक फरक ठाउँमा आक्रमण गरेकाले पनि एक्लै हिँड्ने अवस्था छैन स्थानीय गोपाल खत्रीले भने ।

घाइतेहरूको थप उपचारको लागि बेनी हस्पिटल लगिएको स्थानीयले जानकारी दिए ।

पछिल्लो केहिदिन यता तोरीपानी आसपासका क्षेत्रमा चितुवाले आतङ्क मच्चाएको छ। चितुवाको आक्रणबाट पुरै गाउँ नै त्रसित भएको स्थाीयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

web
analytics