सर्पदंशबाट युवकको मृत्यु

A+ A-



मस्टा गाउँपालिका–१ घर भएको बुङ्गल नगरपालिकामा एक युवकको सर्पदंशबाट मृत्यु भएको छ ।

दिदीलाई घर पुर्‍याएर फर्कने क्रममा केदारस्यू गाउँपालिकाको देउरा बजारस्थित अरुण होटेलमा सुतिरहेको अवस्थामा सर्पले दायाँ कानमा डस्दा १९ वर्षीय पवन रोकायाको मृत्यु भएको हो । जिल्ला अस्पताल सिमखेतमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैबीच नेपाली सेनाका एक जवानलाई समेत हालै सर्पले डसेको र उनको पनि उपचार भइरहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

web
analytics