कस्तुरीको बिनासहित ६ जना पक्राउ

A+ A-

कस्तुरीको बिना कारोबारमा संलग्नको आरोपमा काठमाडौँबाट एक प्रहरीसहित छ जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी कर्यालय काठमाडौंका प्रवक्ता श्यामलाल ज्ञवालीले प्रहरी हबल्दार बमबहादुर चन्दसहित ६ जनालाई कस्तुरीको बिनासहित पक्राउ गरेको पुष्टि गरे ।

प्रहरी हवल्दार चन्द पूर्वमन्त्री एवं नेकपा नेता दीनानाथ शर्माका अंगरक्षक हुन् । पक्राउ परेका अन्य व्यक्तिको पहिचान भने खुलाइएको छैन ।

महानगरीय प्रहरी कर्यालय काठमाडौंका अनुसार सोमबार दिउँसो पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गर्ने तयारी गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics