भालुको छाला सहित ३ जना पक्राउ


रुपन्देहीमा भालुको छाला,पित्त र दात सहित प्रहरीले तीन जनालाई प्रकाउ गरेको छ ।

सैनामैना नगरपालिका १० सालझण्डीस्थित अर्घाखाँची साज महल होटेल एण्ड लजबाट भालुको छाला १ थान, पित्त २ थान र दाँत २ थान सहित प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा कपिलवस्तु बाणगंगा नगरपालिका -२ बस्ने ४६ वर्षीय खुमानन्द घिमिरे, पाल्पा रैनादेवी गाउँपालिका -७ बस्ने ४३ वर्षीय धनबिर बिक र पाल्पा तिनाऊँ गाउँपालिका -१ बस्ने ४३ वर्षीय लालबहादुर सारु रहेका छन् ।

५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले उक्त होटलको कोठा नम्बर १०२ खानतलासी गर्ने क्रमर्मा उक्त छाला बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics