संरक्षित क्षेत्रमा ४९९ वन्यजन्तु मरे

फाइल फाेटाे


गत  आर्थिक वर्ष ७५-७६ मा विभिन्न कारणले ४९९ वटा वन्यजन्तुको मरेका छन् ।जसमध्ये प्राकृतिक कारणले २३५ वटा, चोरी शिकारबाट ३ वटा र अन्य कारणले २६१ वटा वन्यजन्तु मरेका हुन ।


राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार गैंडा प्राकृतिक कारणले ४२ वटा र अन्य कारणले ७ वटा गरी ४९ वटा, बाघ प्राकृतिक कारणले ११ वटा, चोरीशिकारबाट १ वटा र अन्य कारणले ४ वटा गरी जम्मा १६ वटा छन् ।


यस्तै, हात्ती प्राकृतिक कारणले ५ वटा र अन्य कारणले १ वटा गरी जम्मा ६ वटा, चितुवा प्राकृतिक कारणले २३ वटा र अन्य कारणले १४ वटा गरी ३७ वटा, हिउँ चितुवा र कस्तुरी त्यस्तै अन्य कारणले ८ वटा वन्यजन्तुको मरेका हुन।  जरायो, चित्तल, लगुना, बँदेल, घडियाल र अन्य वन्यजन्तु प्राकृतिक कारणले १५४ वटा, चोरीशिकारबाट २ वटा र अन्य कारणले २२७ गरी जम्मा ३८३ वटा वन्यजन्तु मरेका छन् । 


साथै यस अवधिमा ६६१ वटा वन्यजन्तुको उद्दार गरिएको छ भने वन्यजन्तु लगायत अन्य घटनामा ३९३४ जना मानिसहरुलाई पक्राउ समेत गरिएको छ ।


 


साभार : राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको , संरक्षण समाचारबाट

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics