चितवनमा तीन गोही मारिए



लकडाउनको समयमा फाइदा उठाएर चितवनको राप्ती र नारायणी नदीमा तीनवटा गोही मारिएका छन् ।

नारायणी नदीमा बिनेखोला दोभान र लेडाघाट एवम् राप्ती नदीको सौराहा नजिक ढुग्रेखोलामा घडियाल गोही मरेको अवस्थामा भेटिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जकाक अनुसार तीनवटै गोहीलाई जालमा पारेर टाउको र पेटमा हानेर मारिएको पोस्टमार्टमबाट देखिएको छ ।

गोही मार्नेहरुको पहिचान भएको छैन र खोजी कार्य जारी रहेका निकुञ्जले जनाएको छ ।

विश्वकै दुर्लभ मानिएको घडियाल गोहीको संरक्षणका लागि निकुञ्जमा गोही प्रजनन् केन्द्र स्थापना गरिएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics